दफा ५४
बीमा दलालको योग्यता
बीमा दलाल हुन ऐनको दफा ९२ को उपदफा (३) को अतिरिक्त देहायका योग्यता तथा शर्त पूरा गरेको हुनु पर्नेछ:-

(क) प्रचलित कानून बमोजिम कम्पनीको रूपमा दर्ता भएको,

(ख) त्यस्तो संस्थाको मुख्य व्यवस्थापकले स्नातकोत्तर उपाधि हासिल गरेको,

(ग) बीमा दलाल भई कार्य गर्ने संस्था वा त्यस्तो संस्थामा प्रचलित कानून बमोजिम: मुख्य व्यवस्थापक भई कार्य : गर्ने व्यक्ति कालोसूचीमा नरहेको।